दफा १३
वस्तु विनिमय बजारको शेयर सम्बन्धी व्यवस्था
(१) कसैले पनि वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको चुक्ता पूँजीको पाँच प्रतिशत भन्दा बढी शेयर लिन सक्ने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी पूँजी, सीप तथा प्रविधिको प्रयोग गरी वस्तु विनिमय बजार सञ्चालन गर्ने प्रयोजनको लागि रणनीतिक साझेदारको रुपमा विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीको चुक्ता पूँजीको बढीमा एकाउन्न प्रतिशतसम्म शेयर लिन सक्नेछ ।
(३) वस्तु विनिमय बजार सञ्चालन गर्ने कम्पनीको रणनीतिक साझेदार तथा शेयर खरिद सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।